काठमाडौं । वर्तमान सरकार राजस्व संकलनको लक्ष्यमा असफल भएको छ । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको तथ्याङक चालु आर्थिक वर्षको ११ महिनाको राजस्व संकलन विवरणमा यस्तो देखिएको हो । विभागको तथ्याङक अनुुसार चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ महिनासम्ममा ४ खर्ब १० अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।
जबकी सरकारले यस अवधिमा ४ खर्ब ६६ अर्ब १९ करोड ९१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार ४ खर्ब १० अर्ब ४५ करोड ३६ लाख ३५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेकोे हो ।
सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयकरबाट २ खर्ब २ अर्ब १ करोड ८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ खर्ब ८२ अर्ब २४ करोड ४३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्याको ९० प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
यस्तै, विभागले घर बहाल कर शीर्षकबाट लक्ष्यको ६५.७८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले घरबहाल करबाट ३ अर्ब ६९ करोड ३३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ४२ करोड ९३ लाख २१ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
त्यसैगरी, सरकारले ब्याजबाट यस अवधिमा ३३ अर्ब ३१ करोड ३९ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा २३ अर्ब ३७ करोड १७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन लक्ष्य अनुसार ७०.१६ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
विभागका अनुसार सरकारले भ्याटबाट लक्ष्यको ८३.०४ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले भ्याटबाट १ खर्ब २१ अर्ब ३१ करोड ३९ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ७४ करोड ८ लाख एक हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै अन्तशुल्क शीर्षकबाट यस अवधिमा सरकारले १ खर्ब १ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९४ अर्ब ८० करोड २८ लाख ७६ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ । लक्ष्यअनुसार ९३.२६ प्रतिशत राजस्व संकलन गरेको हो ।
विभागका अनुसार स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन भएको छ । विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट ३ अर्ब २५ करोड ३२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ५ अर्ब ८१ करोड ४७ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १७८.७३ प्रतिशत बढी राजस्व संकलन भएको हो ।
विभागले जेठ मसान्तसम्म शिक्षा शीर्षकबाट पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा ९५ करोड ४४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ४ करोड ९८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार ११०.०० प्रतिशत राजस्व संकलन भएको तथ्याङकमा उल्लेख छ ।