२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । वैशाख र जेठमा घरजग्गा कारोबार निरन्तर ओरालो लागेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा हालसम्मकै कम घरजग्गा कारोबार भएको थियो । त्यस्तै, अहिले जेठ महिनामा केही मात्राले घरजग्गा कारोबार बढेपनि अन्य महिनाको तुलनामा कम मात्र कारोबार भएको छ ।

गत चैतमा करिब ७१ हजारको हाराहारी किनबेच भएको घरजग्गा वैशाखमा भने ४४ हजारमा सिमित भएको थियो । वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवा प्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, जेठमा महिनामा देशभरका मालपोत कार्यालयबाट ५४ हजार ५१४ घरजग्गा किनबेच भएको छ । सो अवधिमा १ लाख २३ हजार ६५२ वटा सेवा प्रवाह भएको थियो ।

जेठ महिनामा देशभरका मालपोत कार्यालयबाट ५४ हजार ५१४ लिखत पारित हुँदा ३ हजार ५८४ नामसारी, ३ हजार ७१४ संशोधन, २७ हजार ४८४ रोक्का, १९ हजार ७७० फुकुवा र १४ सय ८३ दाखिला खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय