२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा राजस्व अनुसन्धान विभागले २१ अर्ब ७१ करोड ५२ लाख ३४ हजार रुपैयाँ विगो माग दावीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेकोे छ । बिभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा २ सय ८१ जना प्रतिवादी विरुद्ध १ सय १५ वटा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार राजस्व चुहावट, नक्कली बिलबिजक र कर छलिको अरोपमा २ सय ३ जना प्रतिवादी विरुद्ध १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैयाँ बिगो रकमको शतप्रतिशत जरिवाना गरी २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैयाँ विगो दावी सहितको मुद्दा दायर भएको छ ।

त्यस्तै, विभागले विदेशी विनिमय अपचलन तर्फ ४६ वटा मुद्दा दायर गरेको छ । विदेशी विनिमयको अवैध कारोबार गर्ने ७८ जना प्रतिवादी विरुद्ध १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैयाँ बराबरको विगो माग दावी सहित विभागले मुद्दा दायर गरेकोे हो ।नौ महिने अवधिमा भीसीटीएसमा कारवाहीमा परेका फर्म र सवारी साधनको संख्या ६ सय ६८ रहेको छ ।

भीसीटीएसमा कारवाहीमा परेका फर्म र सवारी साधनबाट ३ करोड ४३ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको पनि विभागले जनाएको छ । त्यसैगरी, नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन संख्या ७ सय १३ रहेको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय