गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाको २० औँ वार्षिकोत्सवको अवसरमा सीईओ राजेशकुमार श्रेष्ठले आगामी दिनमा अझै विश्वासनीय र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संस्थाले २०७८ चैत मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप संकलन तथा ६ अर्ब ११ करोड कर्जा प्रवाह गरी ४ करोड ६ लाख सञ्चालन नाफा गर्न सफल भएको छ । हाल निष्कृय कर्जा १.१५ प्रतिशत रहेको यस संस्थाको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपियाँ र जगेडा कोषमा ४५ करोड ११ लाख रुपैयाँ रहेको छ ।
प्रधान कार्यालयसहित २३ शाखा कार्यालय र ४ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थामा व्यक्तिगत निक्षेप खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत विगत ४ वर्षदेखि वार्षिक रुपमा बुङ्मती ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको र आगामी वर्ष पनि उक्त सहयोगलाई निरन्तरता दिने सम्झौता गरिएको सीईओ श्रेष्ठले बताउनुभयो ।