२०८१ मंसिर २३ आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुबाट ऋण लिने ग्राहकलाई ब्याजको भार २.४७ प्रतिशतले थप भएको छ । एक वर्षमै वाणिज्य बैंकहरुको आधारदर वृद्धि हुँदा ऋणीलाई औषत कर्जाको ब्याजदर नै ११.४२ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आधार दर ६.८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा ९.३० प्रतिशत कायम भएको छ ।

बैंकहरुले आधारदरमै केही प्रतिशत प्रिमियम तप गरी कर्जा ब्याजदर तय गर्ने गर्छन् । यस्तो आधारदर त्रैमासिक रुपमा परिवर्तन हुने गर्छ । परिवर्तित ब्याजदरमा कर्जा लिएका ग्राहकको कर्जाको ब्याजदर आधारदर परिवर्तन हुँदा थपघट हुने गर्छ । यसरी वाणिज्य बैंकहरुको आधादर बढेसँगै गत आवको बैशाखमा वाणिज्य बैंकहरुबाट कर्जा लिने ऋणीलाई ब्याजको भार २.४७ प्रतिशतले थप भएको हो ।

चालु आव लागेदेखि नै निक्षेपको ब्याजदर बढिरहेको छ । जसले गर्दा खर्च बढ्दा कर्जाको ब्याजदर समेत बढेको हो । बैंकहरुले बेसरेट मै केही प्रतिशत प्रमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् ।

बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था भएपनि एक पटक तय भएको प्रिमियम भने थपघट गर्न मिल्दैन । समीक्षा अवधिमा यस्तो ब्याजदर समेत ११.४३ प्रतिशत पुगेको छ । गत आवको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर ८.५३ प्रतिशत कायम थियो । जुन चालु आवको बैशाख मसान्तमा २.९ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, सो अवधिमा निक्षेपको औषत ब्याजदर भने २.४४ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुमा निक्षेपको औषत ब्याजदर ४.८१ प्रतिशत कायम थियो भने चालु आवको सोही अवधिमा ७.२५ प्रतिशत कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय