
काठमाडाैं । यात्रुवाहक सवारीको भाडा घटेको एक सातामै फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोको मूल्य ७.८४ प्रतिशत प्रतिलिटरमा बढाएको कारण देखाउँदै यातायात व्यवस्था विभागले अन्तरप्रदेश गाडी भाडा बढाउन अनुमति दिएको छ । बढेको गाडीभाडा शुक्रबारबाटै लागू भएको छ ।
एक साताअघि २० जेठमा मात्रै ६.१३ प्रतिशतले इन्धनको मूल्य घटेको भन्दै २ देखि २.९ प्रशितशसम्मले घटेको गाडीबाट एक साता पनि टिकेन । शुक्रबारदेखि लागू हुने गरी गाडी भाडा २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्मले बढेको छ ।
बढेको गाडी भाडा अनुसार यात्रुवाहक सवारीको लागि २.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहकको लागि ३.३ प्रतिशत र तराईका बाटोमा गुड्ने मालबाहक सवारीको हकमा ३.७ प्रतिशत सवारी भाडा बढेको छ ।