२०८१ मंसिर २४ सोमबार

काठमाडौं । भाटभटेनीको २३ औं आउटलेट सुदूरपश्चिम प्रदेशको धनगढीमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा भाटभटेनी सञ्चालनमा आएको हो । भाट–भटेनीको यो २३ औँ स्टोर हो ।
१७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको यस डिपार्टमेन्टल स्टोर दुई अर्ब लगनीमा बनेको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले जानकारी दिएका छन् ।

स्टोरमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय, कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । त्यसैगरी स्टोरमा छिटै हाइटेक सिनेमा (मल्टिप्लेक्स) पनि सुचारु हुने बताइएको छ ।

शुभारम्भको अवसरमा स्टोरले ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुटका साथै निःशुल्क होम डेलिभरी व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय