२०८१ मंसिर २३ आईतवार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पाे २०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म काठमाडौँ, भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पाे २०२२’ गर्न लागेको हो ।

व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवर्द्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिनुभयो । “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास लिएका छौँ”, अध्यक्ष चाकुबजीले भन्नुभयो ।

मेलाले गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्राथमिकता दिने जनाइएको छ । यस्तै, मेलाले निकासी प्रवद्र्धन गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि पहलकदमीसमेत लिने मेलाको मुख्य उद्देश्य रहेको बताएको छ ।

पाँचौँ पटक हुन लागेको उक्त मेलाको बङ्गलादेश ‘पार्टनर कन्ट्री’ रहेको चेम्बरले जनाएको छ । उक्त मेलामा बङ्गलादेशका उद्योगी तथा व्यवसायीले सहभागिता जनाउने अध्यक्ष चाकुबजीले बताउनुभयो ।

पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशका १५० स्टल रहने आयोजकले जनाएको छ । जसमध्ये १०० राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनी, उद्योगी तथा व्यवसायीको सहभागिता रहने बताइएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशमा उत्पादित सामग्री राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय