२०८१ चैत्र १३ बुधबार

काठमाडौं । अर्थमन्त्री र गभर्नर बीचको विवादले अर्थतन्त्र संकटतर्फ लगेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। सरकारको नीति तथा कार्यक्रमबारे शनिबार संसदमा बोल्दै उनले मुलुकको आर्थिक अवस्था गम्भीर बनेको बताए। अर्थमन्त्री र गभर्नरबीचको विवाद सतहमा आउनु मुलुकको हितमा नरहेको भनाइ उनले राखे।

‘अर्थतन्त्र सहज अवस्थामा छैन। अर्थमन्त्री समस्या समाधान भन्दा गर्भनर हटाउन लाग्नु दुःखद हो,’ उनले भने।

अहिलेको सरकारले जनतालाई मँहगी र देशलाई आर्थिक संकटतर्फ धकेलेको आरोप समेत उनले लगाए। पौडेल अर्थमन्त्री हुँदा महत्वका साथ अघि बढाइएको कालीगण्डकी तिनाउ डाइभर्सन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो फेजमा काम ‍अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गरे।

अर्थमन्त्री जनार्दन शर्मासँग पौडेलले यी दुवै आयोजनाबाट सरकार पछि हटेको हो भनि प्रश्न गरेका छन्। गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको विस्तार कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) ले ऋण दिने सहमति बनेको थियो।

तर अर्थमन्त्रीमा शर्मा आएपछि अर्थसचिव मधुकुमार मरासिनीले यो आयोजनालाई अघि नबढाउन संकेत दिएका थिए। यस्तै पौडेलले अध्यादेशबाट ल्याएको बजेटबाट अधिक बजेट विनियोजन गरेको आयोजनामा अहिलेको सरकारले ध्यान नदिने हो कि भन्ने शंका गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय