२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । वाणिज्य बैंकहरूको सवा १४ खर्ब रूपैयाँ कर्जा खराब देखिएको छ । बैशाखसम्मको तथ्यांक अनुसार २७ वाणिज्य बैंकहरूको कुल १४ खर्ब २५ अर्ब ८ करोड रूपैयाँ कर्जा खराब देखिएको हो । वाणिज्य बैंकहरूको कुल ३४ प्रतिशत कर्जा खराब देखिएको छ ।

बैंक वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई प्रदान गरेको ऋण तोकिए अनुसारको समय सीमामा असुल नभएमा बैंक तथा वित्तीय संस्थाले सो कर्जालाई खराब कर्जा रूपमा गणना गर्छन् ।

अहिले वाणिज्य बैंकहरूको कुल ४१ खर्ब ९१ अर्ब ४२ करोड रूपैयाँ कुल कर्जा लगानी छ । त्यसको ३४ प्रतिशत कर्जा खराबमा गणना गरिएकाे छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्ने गरेका छन् ।

कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् ।

बैंकहरूको तेस्रो त्रैमास अनुसार सबैभन्दा बढी खराबकर्जा राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकको कुल खराब कर्जा ६ अर्ब ८७ करोड रूपैयाँ छ ।

यस्तै, कृषि विकास बैंकको ४ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकको ३ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ८७ करोड, नेपाल बैंकको ३ अर्ब ६४ करोड रूपैयाँ, नबिल बैंकको ३ अर्ब २२ करोड र एनएमबी बैंकको २ अर्ब ७ करोड रूपैयाा खराब कर्जा छ ।

सबैभन्दा कम खराब कर्जा भने नेपाल एसविआई बैंकको छ । जसको खराब कर्जा ०.१४ प्रतिशत अर्थात १५ करोड रूपैयाँ खराब कर्जा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर