२०८२ मंसिर १ सोमबार

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्याँसमा अनुदान दिन नसकिने बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एलपी ग्याँसमा अनुदान दिन नसकिने तर त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको बताएका हुन् ।

मन्त्री बडूले निरन्तरको घाटाले आयल निगम टाट पल्टिने अवस्थामा पुगेको र यो अवस्थामा ग्याँसमा पनि स्वाचालित मूल्य प्रणाली कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका थिए । नेपालमा पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य कार्यान्वयन गरे अत्यावश्यक वस्तु ग्यासको मूल्य २६ सय ८० रुपैयाँ कायम हुने भएको छ ।

हाल ग्याँसमा सरकारले अनुदान दिँदै आइरहेको छ । जसका कारण उपभोक्ताले १ हजार ८ सय रुपैयाँमा पाउँदै आएका छन् । त्यसबाहेकको ८ सय ८० रुपैयाँ सरकारले अनुदान दिँदै आएको छ । हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने बताइएको छ ।

फेरि बढ्यो मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हाे । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

साथै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रतिलिटर १० रुपैयाँले बढाएर १६६ रुपैयाँ बनाइएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै सबै‌जसाे इन्धनको मूल्य बढाएको हो । मूल्य समायोजनपछि पनि निगम मासिकरुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ, र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटामा रहेकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय