२०८२ बैशाख ५ शुक्रबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् । काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए ।

यस्तै हमालले बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने कामलाई अब अगाडि बनाइने बताएका छन् ।पारदर्शितामा कसैले प्रश्न उठाउने ठाउँ बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए ।

तर तत्कालीन बोर्ड अध्यक्ष र नेप्सेका कार्यकारी प्रमुखले नै सर्वोत्तमको सेयर किनेको भेटिएपछि बुक विल्डिङ प्रक्रिया नै अलपत्र छ ।हमालले आफूले दिन गनेर काम गरिरहेको बताएका छन् । आफू निजी क्षेत्रबाट नियामक निकायमा आएको भन्दै निजी क्षेत्रको विषयमा आफू सकारात्मक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय