२०८१ मंसिर २३ आईतवार

काठमाडौं । चालु आवको तेस्रो त्रैमासको अवधिमा अधिकांश कम्पनीको नाफा घटेको छ । १५ वटा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार यी फाइनान्स कम्पनीहरूले ९३ करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् ।

चालु आवको तेस्रो त्रैमासको अवधिमा यी कम्पनीहरूले ९३ करोड ९० लाख ८२ हजार रूपैयाँ खुद नाफा नाफा कमाएका हुन् । वित्तीय विवरण सार्वजनिक गरेका १५ फाइनान्स कम्पनीमध्ये जानकी फाइनान्स, नेपाल फाइनान्स र वेष्ट फाइनान्सबाहेक अरू सबै फाइनान्सको नाफामा प्रभावित भएको हो ।

१५ फाइनान्स कम्पनीमध्ये यी ३ फाइनान्स कम्पनीको मात्रै गत आवको यसै अवधिको तुलनमा नाफा बढेको हो । १५ कम्पनीमध्ये सर्वाधिक नाफा वेष्ट फाइनान्सले कमाएको छ । यस अवधिमा फाइनान्सले १५ करोड २६ लाख ९४ हजार रूपैयाँ नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ११४.४९ प्रतिशतले धेरै हो ।

गत आवको यसै अवधिमा कम्पनीले ७ करोड ११ लाख ९० हजार रूपैयाँमात्रै नाफा कमाएको थियो । यस अवधिमा नेपाल फाइनान्सले गत आवको तुलनामा खुद नाफा ८१६.१४ प्रतिशतले बढाएर ३२ करोड रूपैयाँ पुर्याएको छ । गत आवको यसै अवधिमा फाइनान्सले ३५ लाख रूपैयाँ मात्रै खुद नाफा कमाएकोे थियो ।

जानकी, फाइनान्सको नाफा २५५.६८ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड २४ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १ करोड ४७ लाख ५६ हजार रूपैयाँ नाफा कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय