काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् ।
फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि सापकोटा फोनपेमै सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । त्यसअघि उनी नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए ।
एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटि क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आइटिदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।