२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । स्वच्छ भोलिका लागि दिगो फोहोर व्यवस्थापन भन्ने नाराका साथ कोका-कोलाले आइसेक नेपालसँगको सहकार्यमा यस वर्ष पनि युथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ ।

कोका-कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्दै आएकोमा कम्पनीले एक्सन फर एसडिजी २०१७, युथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

यसवर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरूको चासोलाई सम्बोधन गर्नु रहेको कम्पनीले जनाएको छ । कोका-कोलाले विगत पाँच वर्षदेखि युवा सशक्तीकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।

कम्पनीका अनुसार वाइएसएफ इंगेज विथ आइसेकअन्तर्गतको एउटा कार्यक्रम हो, जसको मुख्य उद्देश्य युवा सशक्तीकरण रहेको छ । कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेतालाई विश्वव्यापी मुद्दाबारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।

सशक्तीकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने कार्यक्रमले युवालाई बहस र छलफलको निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यसमार्फत् कसरी दिगो विकासका लक्ष्य हासिल गर्न योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ ।

वाइएसएफको कार्यक्रम संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवं दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यमा केन्द्रित रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय