२०८२ माघ २८ बुधबार

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुको खराब ऋण क्रमशः बढ्न थालेको छ। बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार, १४ बैंकको खराब ऋण बढेको छ। कोभिडताका दिएको सुविधा कम गर्दै गएपछि बैंकहरुको खराब ऋण बढ्न थालेको हो। अर्कोतिर तरलता अभावले ब्याज वृद्धि भएर पनि ऋण तिर्ने क्षमतामा कमी आएको हो।

ऋणको आकार बढ्दासमेत केही बैंकको खराब ऋण अनुपातमा वृद्धि भएको छ। उनीहरुले नोक्सानी व्यवस्थापन पनि बढेको छ।

सबैभन्दा बढी खराब ऋण दुई सरकारी बैंकको छ। राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको खराब ऋण बढी छ। यी दुवै बैंकको गत पुसको तुलनामा बढेको हो। राष्ट्रिय वाणिज्य बैंकको ३.०७ प्रतिशत पुगेको छ।

पाँच बैंकको दुई प्रतिशतमाथि खराब ऋण छ। यसमध्ये चार बैंकको बढेर त्यति पुगेको हो। सबैभन्दा कम नेपाल एसबीआइ, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र एनआइसी एसिया बैकको छ। मेगा, माछापुच्छ्रे, प्राइम, कुमारी, हिमालयन र सिभिल बैंकको छ।

 बैंक   २०७८ चैत   २०७८ पुस
नेपाल एसबीआइ 0.14% 0.14%
 एभरेष्ट 0.26% 0.26%
स्ट्यानर्डर्ड चार्टर्ड 0.36% 0.44%
 सानिमा 0.38% 0.31%
एनआइसी एसिया 0.51% 0.47%
मेगा 0.72% 1.05%
माछापुच्छ्रे 0.87% 0.57%
प्राइम 0.94% 0.78%
कुमारी 0.96% 1.06%
हिमालयन 0.99% 0.72%
सिभिल 0.99% 0.94%
लक्ष्मी 1.08% 0.83%
सिद्धार्थ 1.12% 0.37%
नबिल 1.14% 1.11%
प्रभु 1.21% 1.23%
सनराइज 1.37% 1.41%
बैंक अफ काठमाण्डू 1.45% 0.82%
ग्लोबल आइएमइ 1.45% 1.13%
एनएमबि 1.46% 1.49%
एनसीसी 1.52% 1.33%
सञ्चुरी 1.60% 1.31%
सिटिजन्स 1.72% 1.87%
नेपाल बैंक 2.06% 1.91%
नेपाल इन्भेष्टमेन्ट 2.20% 2.06%
नेपाल बंगलादेश बैंक 2.30% 1.74%
कृषि विकास बैंक 2.32% 2.08%
राष्ट्रिय बाणिज्य बैंक 3.07% 3.06%

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर