२०८१ चैत्र ४ सोमबार

काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले टोखामा सेवा केन्द्रको भवन तथा कृषि श्रोत केन्द्रको उदघाटन गरेको छ । संस्थाको २५ औं स्थापना दिवसको अवसर पारेर बिहिबार सेवा केन्द्रको भवन उदघाटन गरेको हो ।

संस्थाले टोखा सेवा केन्द्रबाट कृषि श्रोत केन्द्रको सुरुवात गरेको जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीसंगको सहकार्यमा कृषि श्रोत केन्द्रको स्थापना गरेको संस्थाका प्रवन्ध निर्देशक सीताराम काफ्लेले बताए । उनले सहकारीका सदस्यलाई ब्यवसायीक कृषि पेशामा आवद्ध गराई रोजगार सिर्जना गर्न र उद्यमी बनाउने उद्धेश्यले उक्त केन्द्रको सुरुवात गरेको जनाए ।

रोजगारीकोलागि बिदेशिएका युवालाई रोजगार दिन र सदस्यको उत्पादनको उचित मूल्य दिलाउन कृषि श्रोत केन्द्रको स्थापना गरिएको र सहकारी मार्फत नयाँ र उदाहरणिय कार्य भएको प्रवन्ध निर्देशक काफ्लेको भनाई छ । किसानलाई इज्जत दिनेगरी संस्थाले काम गर्ने उनले बताए ।

संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्वमा भएको कार्यक्रमको मुक्तिनाथ कृषि कम्पनिका अध्यक्ष भरत ढकालले उद्धघाटन गरेका थिए । कार्यक्रमको उद्धघाटन गर्दै ढकालले कृषिलाई प्रमुख आयश्रोतको माध्याम बनाएर रोजगार सिर्जना गर्न सक्नुपर्ने बताए ।

सहकारीको पहुँच तल्लो तहसम्म पुग्ने भएकोले कम्पनीले सहकारीमार्फत किसानसम्म पुग्ने अभियानको सुरुवात भएको बताए । उनले बिचौलिया प्रथा अन्त्य गर्न किसानलाई प्रविधिसंग जोड्ने तयारी गरेको बताए । किसानको उत्पादनको पहिचान र बजारीकरणकोलागि मुक्तिनाथ कृषि कम्पनिले सेवा दिने बताए ।

उनले बैदेशिक रोजगारमा गएकाहरुलाई फर्काएर स्वदेशमै रोजगार सिर्जना गर्न कम्पनीले सहकारी मार्फत काम गर्ने बताए । कार्यक्रममा सदस्यलाई १५/१५ दिनमा कृषि प्राबिधिक ज्ञान सहितको बालि शिक्षा कार्यक्रम संचालन गरिने जनाइएको छ । संस्थाले बैशाखको पहिलो साता भरि विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाइरहेको छ । संस्था २०५४ बैशाख ९ गते स्थापना भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय