२०८२ पुष १ मंगलवार

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको चौथो त्रैमास अर्थात बैशाखदेखि असार मसान्तसम्म एक खर्ब ३३ अर्ब ५३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारले चालु आर्थिक बर्ष कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने तालिका तयार गरेको थियो। यसअघि एक खर्ब रुपैयाँभन्दा बढि आन्तरिक ऋण उठाइसकेको छ।

सरकारका लागि राष्ट्र बैंकले आन्तरिक ऋण उठाइ दिन्छ। ५५ अर्ब रुपैयाँ ट्रेजरी बिलमार्फत उठाइने छ। विकास ऋणपत्रमार्फत ७५ अर्ब रुपैयाँ उठाउने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र २ देखि ६ बर्ष अवधिको हुने छ। नागरिक बचतपत्रमार्फत ३ अर्ब ३ करोड रुपैयाँ उठाइने छ। बाँकी ५० करोड बैदेशिक रोजगार बचत-पत्रमार्फत उठाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर