२०८१ पुष २९ सोमबार

काठमाडौं । वियोन्ड ब्यारियर्स भन्ने नाराका साथ नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ वैशाख १० गते काठमाडौंमा आठौँ महिला-युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) २०२२ आयोजना गर्ने भएको छ ।

सन् २०१३ स्थापना भएको संस्थाले सन् २०१३ देखि महिला-युवा उद्यमी सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा कृषि, निर्माण कार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीको सहभागिता रहने बताइएको छ ।

कार्यक्रमको प्रायोजन अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सलगायतले गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा एक सय ५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नवउद्योग तथा विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

कार्यक्रममा आमाको अचारका तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विदुषी राणा, एफवान सफ्ट इन्टरनेसनलबाट सुभास शर्मा, दराजबाट प्रमुख कार्यकारी अधिकृत आँचल कुँवरको प्रस्तुति रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर