
काठमाडौं । मेरिना इम्पेक्सले ४० औँ वार्षिकोत्सव मनाएको छ । ४० वर्षअघि ललितपुरको पाटनबाट सुरु भएको मेरिना इम्पेक्सले हाल पाटन, काठमाडौंको न्युरोड, बागबजार र सामाखुशीबाट सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक मोहनमान जोशीले मेरिना इम्पेक्सले ग्राहकको मर्मअनुसारको कर्म गर्दै आएको भन्दै टिममा काम गर्दा सहकर्मी साथीहरूको भावनाको पनि कदर गर्नुपर्ने र ग्राहकको चाहना पनि समेट्नुपर्ने बताउनुभयो । कम्पनीका कार्यकारी निर्देशक गोकुल खड्काले ग्राहकको सन्तुष्टि नै आफ्नो सन्तुष्टि भएको बताउनुभयो ।
मेरिना इम्पेक्सले सर्वसाधारणसँगै संस्थागत ग्राहक सेवालाई पनि जोड दिएको छ । कम्पनीले कुमारी बैंक, ज्योति लाइफ इन्स्योरेन्सलगायत ठूला कम्पनीका कर्मचारी र ग्राहकलाई लक्षित आकर्षक सुविधासहित सेवा प्रदान गर्दै आएको छ ।
खड्का र जोशीले सुरु गर्नुभएको मेरिनाको नेतृत्व ४० वर्षपछि पुस्तान्तरण हुँदै पवन खड्काले सम्हाल्नुभएको छ । सामाखुशी शाखा विस्तारसँगै सेयरधनीमा अर्जुन बस्नेत, दिनेश थापा, रामप्रसाद अर्याल थपिनुभएको कम्पनीले जनाएको छ ।