२०८१ चैत्र ४ सोमबार

काठमाडौं । अर्थतन्त्रमा संकटको अवस्था देखिएपछि राजस्व संकलन पनि कमजोर बन्दै गएको छ । चालु वर्षको ९ महिना सकिदा आन्तरिक र भन्सार दुवैमा सरकारले लिएको राजस्वको लक्ष्य लक्ष्य पुरा हुन सकेको छैन । आन्तरिक राजस्व विभागले चैत महिनामा ३७ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो ।

तर, चैत मसान्त स्म्ममा ३४ अर्ब २७ करोड मात्रै राजस्व असुली भएको छ । भन्सारमा ४६ अर्ब राजस्व उठ्ने अनुमान गरीएकोमा ४० अर्ब मात्रै राजस्व संकलन भएको छ ।

आयात बढेपछि यसलाई नियन्त्रढा गर्नका लागि सरकारले ३ सयभन्दा बढी वस्तुहरुमा एलसी खोल्न कडाइ गरिसकेको छ । भन्सार लक्ष्यभन्दा कम उठ्दा आन्तरिक राजस्वमा पनि गिरावट आएको हो । चैत महिना अग्रिम आयकरको दोस्रो किस्ताको ७० प्रतिशत तिर्ने महिनाको रुपमा चिनिने गरिएको छ ।

तर, सरकारले अनुमान गरे अनुसार आयकर उठ्न सकेको देखिदैन । आयकर शीर्षकमा १७ अर्ब ६८ करोड राजस्व उठ्ने अनुमान गरिएकोमा १६ अर्ब ५४ करोड मात्रै राजस्व संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा ९ महिना कुनै पनि महिना लक्ष्य पुरा भएको छैन ।

चैतमा ९ अर्ब २८ करोड रुपैयाको लक्ष्य लिएकोमा ७ अर्ब १५ करोड संकलन भएको छ । अन्तःशुल्क शीर्षकमा पनि लक्ष्य पुरा हुन सकेको छैन । गाडी आयातले राजस्वमा तेस्रो धेरै योगदान दिदै आएको छ । फागुन मसान्त सम्म ६ हजार ९ सय ३१ वटा सवारी आयातबाट १५ अर्ब ३३ करोड भन्सार महसुल संकलन भएको छ ।

यो अवधिमा करिव १ लाख मोटरसाइकल आयातबाट ८ अर्ब ३२ करोड राजस्व संकलन भएको छ । मोटरसाइकल आयातले भन्सार महसुलमा चौथो धेरै योगदान दिदै आएको छ । यसमा गरिएको कडाइले राजस्वमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । त्यस्तै आन्तरिक राजस्वमा पनि प्रभाव परेको छ । पहिलो आयकर दाखिला लक्ष्यभन्दा धेरै संकलन भएकोमा दोस्रो आयकर दाखिलामा व्यावसायी निरास देखिएका छन ।

व्यवसायीले कम आयकर दाखिला गरेको कारण आगामी दिनमा व्यवसायमा संकुचन आउन सक्ने आकलन गरिएको छ । चालु वर्षमा भ्याट शीर्षकमा सन्तोष जनक राजस्व संकलन भएको देखिएको छैन । भ्याटमा गरिएको नीतिगत परिवर्तन बाहेक भ्याट अघिल्ला वर्षभन्दा कम संकलन भएको छ ।

भ्याट संकलनमा ह्रास आउनु राम्रो संकेत होइन । तर यसलाई सुधार गर्न कुनै पनि नीतिगत सुधारको प्रयास भएको देखिदैन । आर्थिक वर्ष २०७१–७२ देखि ०७५–७६ सम्म भ्याट छलीले उग्ररूप लिएको थियो । अहिले पनि राजस्व अनुसन्धान विभागमा १५ सय भन्दा बढी भ्याट छलीका फाइल अनुसन्धानको क्रममा छ ।

अन्तःशुल्कमा पनि पछिल्लो समय समस्या बढ्दै गएको छ । रक्सी र चुरोटमा टाँसिने स्टिकरको अभावले राजस्व विभाग समेत समस्या रहेको छ । अहिले विभागले जनक शिक्षा सामाग्रीले छापेको स्टीकर काम चलाउको रुपमा चलाइरहेको छ । तर यो स्टिकरमा सुरक्षाको उच्चतम मापदण्ड नहुदाँ चुहावटको जोखिम पनि उत्तिकै रहेकोले यस्ले पनि राजस्वमा प्रभाव पार्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय