२०८१ माघ ८ मंगलवार

काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

कम्पनीका अध्यक्ष कुसुम लामाले बिभिन्न समस्या तथा उत्तारचढावलाई बिर्सेर सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र भएको बताइन् ।

बीमा क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धाका बीच पूँजी, दावी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालिन लक्ष्य प्राप्तीका लागि कम्पनी प्रयत्नशील रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय