२०८१ माघ २ बुधबार

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा २०७८ सालको अन्तिम दिन भने घट्ने क्रम रोकिएर दोहोरो अंकले वृद्धि भएको छ । वर्षको अन्तिम दिन र बिहीबार नयाँ वर्षको सार्वजनिक बिदा हुने भएकाले कारोबार हुने साताको अन्तिम दिन बुधबार कारोबार रकममा भने खासै उत्साह नदिएपनि अधिकांश कम्पनीको शेयर मूल्य उकालो लागेको छ ।

वर्षको अन्तिम दिन बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको छ । बुधबार कूल २२९ कम्पनीको २८ हजार ९४५ कारोबारबाट १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर किनबेच भएको छ ।

२०७८ बैशाख १ गते नेप्से परिसूचक २६९१.५५ बिन्दुमा रहेको थियो । गत भदौ ३ गते बजार ३१९९ अंकको उच्च बिन्दुसम्म पुगेको स्टक एक्सचेञ्जको तत्थ्यांक छ । त्यसपछि लगातार घटेर बजार २४०० मा आइपुगेको छ ।

मंगलबार भने बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा पुगेको थियो । जहाँ १३ कम्पनीको शेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको थियो ।त्यस्तै सोमबार ४४.६४ अंकको गिरावट आएको थियो । ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो । सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो ।

अर्थतन्त्रको अवस्थाले बिग्रिएको शेयर बजारमा फेरिएका राजनीतिक घटनाक्रम र अस्वभाविक निर्णयहरूको प्रभाव परिरहेको र बजारले मनोवैज्ञानिक आधार बिन्दुलाई गुमाउँदै जाने हो भने थामिने बिन्दु अझ तल झर्न सक्ने देखिएको बिश्लेषकहरुको दाबी छ ।

बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै कुनै टुंगो लागेको छैन । मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि शेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ ।

विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको अवस्थामा चैतमा थप समस्या परेको अनुमान गरिएको छ । मूल्यवृद्धि बढेको र बैंकहरूले आर्थिक संकट आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनकै भरमा विलासी वस्तु आयतमा रोक लागेको छ ।

मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि शेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय