काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई विशेष प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने विशेष प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको होे ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।















