२०८१ माघ ११ शुक्रबार

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक म्यादी जीवन बीमा बापतको ११ लाख ५० रुपैयाँ प्रदान गरेको हो ।

कपिलबस्तु नगरपालिका कपिलबस्तु घर भएका २८ वर्षिक बीमित मनोज उपाध्यायले वैदेशिक म्यादी जीवन बीमा गरेका थिए । उनको पुस ९ गते को बाइक दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीको चन्द्रौटा शाखामा भएको एक कार्यक्रमका बीच मृतककी श्रीमति प्रिति कुमारी दुलाललाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा प्रमुख अतिथिका रुपमा इश्वरी प्रसाद पाण्डेय रहेकी थिइन । साथै मार्केटीङ म्यानेजर बुटबल शाखा गणेश पाथेप, चन्द्रौटा शाखाका मार्केटिङ स्टाप र अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय