काठमाडौं । अनलाइन बजार दराजले चैत २८ गतेदेखि नव वर्षको सेल- नयाँ रहर, नयाँ अफर सुरु गर्ने भएको छ । नयाँ वर्षका अवसरमा दराजले ग्राहकलाई आश्चर्यजनक डिल अर्थात् पाँच हजार रुपैयाँसम्मको भाउचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ याडिया एस लाइक स्कुटर जित्ने अफर ल्याएको छ ।
अभियानका लागि नेपालको पहिलो बैंक नेपाल बैंक र दराजबीच सम्झौता भएको छ, जसबाट नेपाल बैंकका कार्ड वाहकले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत अर्थात् अधिकतम् एक हजार रुपैयाँ र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत अर्थात् अधिकतम् १५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।
त्यस्तै, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डु, एनसिसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकले डेबिट कार्डमा १० प्रतिशत अर्थात् एक हजारसम्म छुट र क्रेडिट कार्ड अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशत अर्थात् १५ सय रुपैयाँसम्म छुटकोे मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकले अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशतसम्म अर्थात् अधिकतम् हजार रुपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ । अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म लागू हुने पनि कम्पनीले जनाएको छ ।















