२०८१ मंसिर २२ शनिबार

काठमाडौं । गहिरिँदो तरलता सकंटको दबाबमा रहेको धितोपत्र बजारमा बैंकहरुको सेयर ५२ साताको न्यूनतम मूल्यमा खरिद बिक्री हुन थालेका छन्। हाल नेपाल स्टक एक्सचेन्जमा सूचिकृत २६ वा‌णिज्य बैंकमध्ये १७ यस्ता संस्थाको सेयर मूल्य एक वर्षकै न्यूनतम मूल्यमा किनबेच हुँदैछन्। लगानिकर्ताले बैंकको सेयरलाई ब्लूचिपको उपाधि पनि दिँदै आएका छन्।

५२ साताको न्यूनतम मूल्यमा कारोबार हुँदै गरेका अधिकतम वा‌णिज्य बैंकहरुमा मूल्य समायोजनको दबाब परेको देखिन्छ। यसका साथै वितरण भएको बोनस सेयर पनि नेप्सेमा सूचिकृत हुँदा बजारमा यी बैंकको सप्लाइ पनि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय