२०८१ मंसिर २४ सोमबार

काठमाडौं । नेसनल पेमेन्ट स्विच (एनपीएस)को नेटवर्कमा मोरु डिजिटल वालेट जोडिएको छ । नेसनल पेमेन्ट स्विच सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड र मोरु वालेटबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र मोरूका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरे ।

सम्झौतासँगै एनपीएसका विभिन्न सेवा मोरूमा एकीकृत हुनेछ । सम्झौतासँगै मोरूले नेपाल क्यूआर स्ट्यान्डर्डमा आधारित क्यूआर पेमेन्ट, इन्स्टयान्ट पेमेन्ट, इन्टर-वालेट पेमेन्ट लगायतका सेवा प्रदान गर्ने कम्पनीका सीईओ साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय