नेपालको पूँजीबजारको इतिहास त्यती लामो त छैन तर बिश्वको हेर्ने हो भने सन् १६०२ मा आम्स्ट्रडम स्टक एक्स्चेन्ज, नेदरल्याण्डमा स्थापना भई सन् १६०६ मा एक डच कम्पनी (Vereinigte Oostindische Compaignie) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरु भएको बिश्व इतिहास छ । बिश्वका १० पुराना स्टक एक्स्चेन्जको कुरा गर्ने हो भने नेदरल्याण्डपछि फ्रान्स (सन् १७२४), अमेरीका (सन् १७९०), बेलायत (सन् १८०१), ईटाली (सन् १८०८), जर्मनी (सन् १८२०), स्पेन (सन् १८१३), क्यानडा (सन् १८६१), अस्ट्रेलिया (सन् १८७२), भारत (सन् १८७५) रहेका छन् भने नेपालमा नेपाल स्टक एक्स्चेन्जको स्थापना सन् १९९३ मा भएको हो यद्यपी सन् १९३७ मा सर्वप्रथम बिराटनगर जुट मिल्सले सेयर जारी गरी सर्वसाधारणबाट पूँजी संकलन गरेको इतिहास पाइन्छ ।
कम्पनी ऐन २०२१ अनुसार बि.स. २०३३ असार २२ गते सेक्युरिटी खरिद बिक्री केन्द्र (SMC) को स्थापना भएको थियो भने बि.स. २०३८ देखि मात्र बिधिवतरुपमा दोश्रो बजारमा धितोपत्रको कारोबार सुरु भएको पाइन्छ । छुट्टै धितोपत्र कारोबारसम्बन्धी छुट्टै ऐनको आवश्यकता महशुस भई धितोपत्र कारोबार ऐन २०४९ जारी भई त्यसको पहिलो संशोधनपश्चात् बि.स. २०५० जेष्ठ १३ गते सेक्यरिटी एक्स्चेन्ज सेन्टर (SEC) स्थापना भई त्यसैको नाम परिपवर्तन भई हालको नेपाल स्टक एक्स्चेन्ज लि. (NEPSE) भएको हो र यसले धितोपत्र कारोबारमा बजारको संगठानात्मक बिकास र औपचारिक रुपमा दोश्रो बजारको कारोबार शुरु गरेको हो ।
नेप्सेले बि.स. २०५० पौष २९ गतेदेखि शेयर खरिद बिक्री त्चबमष्लन ँयियच शुरु गरेको पाइन्छ । यसरी धितोपत्रहरुको कारोबार हुदै जाँदा धितोपत्र कारोबारमा नियामक निकायको आवश्यकता महशुस भई धितोपत्र कारोबार ऐन २०४९ (पहिलो संशोधन) अनुसार धितोपत्र बोर्डको स्थापना बि.स. २०५० जेष्ठ २५ गते भएको हो । यसले बजार नियमन अनुगमन, बजार बिकास गर्नुका साथै धितोपत्र बजारसम्बन्धी ऐन, कानून, निति, नियम, निर्देशिका तर्जूमा गरि कार्यान्वयन गराउने मुख्य कार्य गदर्छ ।
बजार बिकासमा जिम्मेवार निकाय
नेपालको धितोपात्र बजार बिकास गर्न मुख्यतः नेपाल सरकार, अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा उद्योग वाणिज्य महासंघ तथा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा अन्य धितोपत्र बजारसँग सरोकार राख्ने संस्था, निकाय वा व्यक्तिको भूमिका, क्रियाकलाप र गतिविधीमा बजारको गति अगाडि बढिरहेको हुन्छ । धितोपत्र बजार भनेको यि सवै सरोकारवालाहरुको सिंगो परिवार हो भने यसमा आवद्ध सबै लगानिकर्ता परिवारका सदस्यहरु हुन् । परिवारमा फरक फरक सोचाईका विभिन्न पात्रहरु रहेका हुन्छन् । परिवार सुखी, समुन्नत र आदर्श बनाउन सबैको उत्तिकै उत्तरदायित्व रहन्छ । एकले गलत काम गरे बदनाम सबैको हुन्छ । प्रदुषणबाट बजारलाई मुक्त गरी बजार विकास गर्ने कर्तव्य सवैको उत्तिकै हुन्छ । घर बलियो भए ओत पाउँछौ, बजार बलियो भए यसका सवै सदस्यहरु रहन्छौं । यो परिवारमा आवद्ध नियामक निकाय र जिम्मेवार पदाधिकारीहरु लगायतका परिवारका जेष्ठ सदस्यहरु, संघ–संगठन, बिज्ञहरु, लगायत आम लगानिकर्ता एक भएर हातमा हात मिलाएर बजार शुद्धिकरण र विकास गर्न लाग्नु पर्दछ ।
संवेदनशिल धितोपत्र बजार
नेपालको धितोपत्र बजार अत्यन्त संवेदनशील बजार हो । हरेक समयमा यसले बलियो अविभावकको साथ खोजिरहेको हुन्छ । कुनैपनि राम्रो कामलाई समाजले चिन्न र कामको उचित मूल्यांकन गर्न लामो समय लाग्दछ तर यसको ठिक बिपरित नराम्रो काम भने छिट्टै फैलन्छ । जुन बजारमा धितोपत्र बजारसँग सम्बन्धित कुनैपनि स–सना समाचार, अभिव्यक्ति, रिपोर्टले पनि बजारलाई असन्तुलित, अस्थिर र अत्यन्त प्रभावित गर्दछ भने त्यस्तो बजारलाई संवेदनशील बजार भन्ने गरिन्छ । त्यस्तो धितोपत्र बजारमा विभिन्न बिकृतिहरु प्रयोग गरी बजारलाई आफूअनुकुल प्रवाहित गरिन्छ, जस्तो कि इन्साइडर ट्रेडिङ्ग, रुमर, चर्निङ, स्टक व्यासिङ, करनरिङ, पुलिङ, बियर रेडिङजस्ता बजारका बिकृतिहरु प्रयोग गरी बजारलाई स्वभाविकभन्दा आफ्नो अनुकूल नियन्त्रण गर्न खोज्ने र लाभ उठाउने सामथ्र्य राख्ने लगानीकर्ता (खेलाडी) हुन्छन् र यिनीहरुलाई सहयोग गर्ने अरु व्यक्ति र सिस्टम पनि जोडिएका हुन्छन् । नेपालको धितोपत्र बजारमा पनि त्यस्तै चलखेल देख्न सकिन्छ । नेपालको धितोपत्र बजार संवेदनशील भन्नुको तात्पर्य पनि यही हो । धितोपत्र सम्बन्धी मिडियामा प्रस्तुत हुने समाचार, रिपोर्ट, विश्लेषण, अभिव्यक्ति, विषयबस्तु आदिले पनि नेपालको धितोपत्र बजारलाई प्रभावित पारिरहेको पाइन्छ । त्यसैले यस्तो असन्तुलित र संवेदनशिल बजारलाई सन्तुलित, स्थिर, बलियो बनाउन कुनै न कुनै कदम चाल्नु नितान्त आवश्यकता हो ।
बजार निर्माता/स्टक डिलर
नेपालको धितोपत्र बजारलाई विकास गर्न र अन्तर्राष्ट्रियस्तरको बनाउँदै लैजान सोही बमोजिमको प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानूनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ । धितोपत्र बजारमा हालका वर्षहरुमा प्रविधिको क्षेत्रमा केहि सुधार हुदै गएको महशुस भएको छ । पछिल्लो समयमा धितोपत्रको पूर्ण अभौतिकरण प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू भई ७७ जिल्लामा नै बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलव्ध भएको र सफ्टवेरमा इन्टरनेट मार्पmत धितोपत्र खरिद÷बिक्री आदेश दिने व्यवस्थाको शुरुवात भएको छ । सुस्तरुपमै भएपनि मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीहरुको उपत्यका बाहिर पनि शाखा विस्तार हुने क्रम रहेको देखिन्छ ।
‘धितोपत्र बजारलाई सन्तुलित, स्थिर र बिलियो बनाउन र बेलाबेला हुने तरलताको समस्याबाट जोगाउन माथि उल्लेखित जिम्मेवार निकायहरुले कुनै न कुनै उपाय/साधनको प्रयोग गर्नु अहिलेको नितान्त आवश्यकता हो । यस्तै उपाय, साधनहरुमध्ये बजार निर्माता–स्टक डिलरलाई बजारमा प्रवेश गराउनु समय सान्र्दभिक हो । नेपालको पूँजी बजारको बिकासको लागि बजार निर्माता/स्टक डिलरको रुपमा बलियो पूँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, अनुभवी संस्थालाई भित्र्याइ बजारलाई थप बलियो, स्थिर, आधुनिक प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउनु आजको आवश्यकता हो ।’
धितोपत्र बजारको बिकास गर्ने बिभिन्न उपाय तथा साधनहरु, जुन बिश्वमा अभ्यास भइरहेका छन्, त्यस्ता उपाय तथा साधनहरुको खोजि र प्रयोग गरि बजारलाई बिकास गर्नु अहिलेको आवश्यकता हो । पछिल्लो समय नेपालको धितोपत्र बजारको विकास गर्ने सन्दर्भमा राजनैतिक कार्यक्रम होस् वा सरकारको नीति तथा कार्यक्रम वा बजेट भाषण होस् सदैव उठ्ने बिषयबस्तु हो बजार निर्माता/स्टक डिलरको आवश्यकता । बजार निर्माता÷स्टक डिलर भनेका त्यस्ता संस्था÷संरचना हुन् जुन नियामक निकायको अनुमति लिई दोश्रो बजारमा ठूलो मात्रामा धितोपत्रहरुको खरिद÷बिक्री गरी धितोपत्र बजारमा हुने तरतलालाई नियन्त्रणमा राख्ने, धितोपत्र बजारलामा सन्तुलन कायम राख्ने कार्य गर्दछन् । साथै तरलतालाई पटक पटक दोहोरिनबाट रोक्दछन् ।
जब धितोपत्र बजारमा अस्वभाविक उतारचढाब आइ बजार असन्तुलन, अस्थिर भई तरलताको अवस्थामा बिचलनको स्थिति आउँछ त्यस्तो अवस्थामा बजार निर्माता÷स्टक डिलरहरुले तुरुन्त बजारमा प्रबेश गरि ठूलो मात्रामा धितोपत्रहरुको कारोबार गर्दछन् र बजारलाई सन्तुलनमा राख्न सहयोग गर्दछन् ।
यस्ता संस्था/संरचनाको मुख्य उद्देश्य भनेको धितोपत्र बजारमा हुने तरलतालाई स्थिर राख्दै बजारमा सन्तुलन कायम राख्नु हो साथै पटकपटक तरलतालाई दोहोरिन नदिनु पनि हो । यिनीहरुले बजारमा तुरुन्त प्रवेश गरेर छोटो समयमा ठूलो मात्रामा धितोपत्र कारोबार गर्ने निर्णय लिनुपर्ने भएकोले यस्ता संस्था÷संरचनाको बनावट स्वायत्त र स्वतन्त्र हुन्छ । यदि धितोपत्र बजारमा अधिक तरलता भएको अवस्थामा लगानीकर्ताहरुले बजारमा लगानी गर्न चाहिरहेको हुन्छन् र बजारमा ठूलोठूलो मात्रामा धितोपत्रहरु कारोबार भइरहेको हुन्छ । धेरै र ठूला मात्रामा धितोपत्ररुको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र संख्या बढ्छ र धितोपत्र खरिदकर्ताहरुको चाप पनि बढ्छ । धितोपत्रको आपूर्तिभन्दा माग बढि हुँदा धितोपत्रको मूल्यमा वृद्धि हुन्छ र धितोपत्र बजार परिसुचक बढ्छ । धितोपत्र बजारमा कुनै किसिमको प्रभाव वा कारणले धितोपत्रको मूल्य अत्यन्तै, अस्वभाविक ढंगले बढेर बजारमा असन्तुलनको स्थिति आएमा बजार निर्माता÷स्टक डिलरले आफुसँग भएको धितोपत्रहरु बजारमा ठूलो मात्रामा बिक्रीको लागि आव्हन गर्दछन् । स्वभावतः ठूलो मात्रामा धितोपत्रहरुको आपूर्ति हुँदा त्यसको मूल्य कम हुन्छ । फलतः धितोपत्रको मूल्य अस्वभाविक बढ्ने प्रवृत्तिको नियन्त्रण हुन्छ र बजारले सन्तुलन कायम राख्दछ । त्यसैगरी धितोपत्र बजारमा तरलताको कमि भएको अवस्थामा लगानीकर्ताहरुले बजारमा लगानी गर्न चाहिरहेको हुदैनन् ।
फलतः बजारमा स–सानो मात्रामा मात्र धितोपत्र कारोबार भइरहेको हुन्छ । थोरै र मझौला मात्रामा धितोपत्ररुको कारोबार हुँदा बजारमा कुल कारोबार रकम र कुल धितोपत्र कारोबार संख्या पनि न्युन हुन्छ र धितोपत्र खरीदकर्ताहरु नहुने अवस्था पैदा हुन्छ भने बजार अझै घट्न सक्ने आंकलन गरी बिक्रीकर्ताको चाप बढ्छ । मागभन्दा पूर्ति बढि हुँदा धितोपत्रको मूल्यमा ह्रास आउँछ । फलतः बजार धैरै घट्दै गइ धितोपत्र बजारमा असन्तुलन आउँछ र बजारप्रति लगानीकर्ताको बिश्वासनीयतामा पनि ह्रास आउँछ । यस्तो बेलामा बजार निर्माता÷स्टक डिलरले ठूलो मात्रामा धितोपत्रहरु खरिद गरी बजारमा धितोपत्रको माग बढाउछन् । फलतः आपूर्ति र मागको सन्तुलन कायम भई बजारमा सन्तुलन कायम हुन्छ । अतः धितोपत्र बजारमा बजार निर्माता/स्टक डिलरले बजारमा धितोपत्रको मूल्यमा हुने अस्वभाभिक उतर चढावलाई नियन्त्रण गरी बजार सन्तुलन कायम राख्न र तरलताको स्थितिलाई नियन्त्रणमा राख्न भूमिका निर्वाह गर्दछन् ।
निष्कर्ष
धितोपत्र बजारलाई सन्तुलित, स्थिर र बिलियो बनाउन र बेलाबेला हुने तरलताको समस्याबाट जोगाउन माथि उल्लेखित जिम्मेवार निकायहरुले कुनै न कुनै उपाय/साधनको प्रयोग गर्नु अहिलेको नितान्त आवश्यकता हो । यस्तै उपाय, साधनहरुमध्ये बजार निर्माता–स्टक डिलरलाई बजारमा प्रवेश गराउनु समय सान्र्दभिक हो । नेपालको पूँजी बजारको बिकासको लागि बजार निर्माता/स्टक डिलरको रुपमा बलियो पूँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, अनुभवी संस्थालाई भित्र्याइ बजारलाई थप बलियो, स्थिर, आधुनिक प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउनु आजको आवश्यकता हो ।