
काठमाडौं । मलेसियन गाडी प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्प्याक्ट एसयूभी प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक गरेको छ । अघिल्लो वर्ष नेपाली बजारमा भित्रिएको प्रोटोन एक्स ७० को सफलतापछि यो भित्र्याइएको कम्पनीले जनाएको छ । गैरीधारास्थित सोरुममा एक कार्यक्रम आयोजना गरी जगदम्बाले गाडी सार्वजनिक गरेको हो ।
१.५ लिटर टर्बोचार्ज्ड थ्री सिलिन्डर इन्जिनका साथ स्टान्डर्ड, प्रिमियम र फ्ल्यागसिप संस्करणहरू नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको हो । यसको स्टान्डर्ड र प्रिमियम संस्करणले ५ हजार ५ सय आरपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १ हजार ५ सय देखि ४ हजार आरपीएममा २२६ एनएम टर्क उत्पादन गर्छ ।
फ्ल्यागसिप संस्करणले ५ हजार ५ सय आरपीएममा १७७ पीएस पावर र १ हजार ५ सय देखि ४ हजार आरपीएममा २५५ एनएम टर्क उत्पादन गर्छ । यति मात्र नभई यसमा ७ स्पिड ड्युअल ट्रान्समिसन विथ मेनुअल मोड सुविधा पनि रहेको छ ।
ड्युअल टोन इन्टेरियर र एक्सटेरियरका साथ फूल एलइडी हेडल्याम्प १८ इन्च अलोय ह्विल्स जस्ता सुविधा यसमा छन् । यस गाडीलाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सका चेयरमेन साहिल अग्रवालले प्रोटोनको विश्वव्यापी रोजाई र एक्स ५० को विदेशमा सफलता देखेर नेपाली बजारमा भित्र्याइएको बताए ।