२०८१ मंसिर २३ आईतवार

काठमाडौं । एभरेष्ट बैंकले नेशनल बैंकिङ् इन्ष्टिच्युट (एनबिआई)सँग “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” सफ्टवेयर लिने सम्झौता गरेको छ । सम्झौता अनुसार एनबिआईले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ ।

यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरिक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्ने बैंकले जनाएको छ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।

यो सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङ्गले एनबिआइले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय