काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा साविककै लेखापरीक्षक केएमयू एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।