२०८१ चैत्र ४ सोमबार

वुटवल । सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले विमितका परिवारलाई बीमा रकम प्रदान गरेको छ । रुपन्देही वाणगंगा नगरपालिका वार्ड नं ८ वस्ने चक्रवहादुर उचै ठकुरीको वैदेशिक रोजगारको सिलसिलामा दुवईमा मृत्यु भएको थियो । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी वुटवल शाखाको तर्फबाट मृतकका श्रीमती गंगा शाहीलाई १२ लाखको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरणका अवसरमा सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाका शाखा प्रमुख सुवास सेन ओलीले वैदेशिक रोजगारमा जानेले अनिवार्य रुपमा श्रम स्वीकृती लिई बीमा गरेर वैधानिक रुपमा जानुपर्ने, वैदेशिक रोजगारको क्रममा घटना घटेमा बीमाले परिवारको लागी ठुलो राहत मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय