काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ। सूचिकृत कम्पनीहरु मार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरुको वर्गीकरण गरेको हो। नेप्सेले सूचिकृत संगठित संस्थाहरुलाई ‘ए’, ‘बी’, ‘जि’ र ‘जेड’ गरी चारवटा समूहमा वर्गीकरण गरेको छ ।
नेप्सेले गरेको बर्गफकरणमा ‘ए’ समूहमा २५ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादन तथा प्रसोधन कम्पनीगरी ३६ वटा कम्पनी परेका छन् ।
त्यसैगरी ‘बी’ समूहमा ९ वटा कम्पनी परेका छन्। जसमा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ लगानी कम्पनी परेको छ ।
समूह ‘जी’ मा ८ वटा लघुवित्त संस्था, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, १४ वटा जलविद्युत कम्पनी, ४ वटा लगानी कम्पनी तथा अन्य होटेल तथा पर्यटन समूहका एउटा कम्पनीगरी ३६ वटा कम्पनी परेका छन्। नेप्सेले समूह ‘जेड’ मा भने एउटा वाणिज्य बैंकसहित १४८ वटा कम्पनीलाई राखेको छ।
समूह ‘जेड’मा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स कम्पनी, ४० वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा जलविद्युत कम्पनी, ४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, होटेल तथा पर्यटन समूहका ४ वटा कम्पनी, अन्य समूहका २ वटा कम्पनी र लगानी समूहको एउटा कम्पनी रहेका छन्।
माघ ८ गतेदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ। नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको हो ।