२०८१ फाल्गुन १ बिहीबार

काठमाडौं । एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा दीपेश कुमार वैद्य नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैंठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा वैद्यलाई नियुक्त गरेको हो ।

उनीसंग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । वैद्यसंग यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले आइतबार आफ्नो कार्यभार सम्हालेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय