२०८१ माघ २ बुधबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ ।

यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थपनयाँ सुविधा प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि सञ्चालनमा रहेको छ ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय