२०८१ चैत्र ४ सोमबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो ।

सभाले लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ ।आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको खुद प्रिमियम तर्फ ६.४० प्रतिशतले वृद्धि भयो भने बीमा कोष ५६ करोड १९ लाखबाट बढेर ६१ करोड ७० लाख पुगेको छ ।

यसका साथै कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाखबाट बढेर ८ करोड ३० लाख पुग्न सफल भएको छ । चालु वर्षको बोनश समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय