
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुको निक्षेप एक सातामा दुई अर्ब रुपैयाँले बढेको छ। यही समयमा ऋण भने एक अर्ब रुपैयाँले घटेको छ। बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, फागुनमा निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ। ऋण यो बेला १४ अर्ब रुपैयाँले बढेको छ।
बैंकहरुले ब्याज बढाएपछि निक्षेप बढ्छ भन्ने अपेक्षा थियो तर ब्याज वृद्धिको तुलनामा निक्षेप बढेको छैन। ऋणको ब्याज बढे पनि ऋण लिन निरुत्साहन भएको देखिँदैन। बैंकहरुले स्रोत हुने बित्तिकै ऋण दिइरहेका छन्।
बैंकहरुले ऋण माग्नेलाई पैसा दिन नसकेको बताए पनि यो निरन्तर बढिरहेको छ। चालु वर्ष फागुन २७ गतेसम्म निक्षेप १२५ अर्ब रुपैयाँले बढेको छ। ऋण भने ४४८ अर्ब रुपैयाँले बढेको छ। चालु वर्षको फागुन २७ गतेसम्म कुल ऋण ४१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। ऋण भने ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।