२०८१ चैत्र २ शनिबार

काठमाडौं । नेपाल बैंकर्स संघले चैतका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ। ब्याजदर वृद्धिको चौतर्फी विरोधपछि संघ कार्यसमितिको बैठकले फागुनको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो।

यसअघि ब्याज दरमा सहमति गरिराख्नु उचित होइन भन्ने तर्क गरेर खुला छाडिएको बताइएको थियो। यद्यपि ब्याज बढोस् भन्नका लागि राष्ट्र बैंकका गभर्नरले बैंकर्स संघका अध्यक्षलाई भनेपछि खुला गरिएको थियो।

युक्रेन-रुसको युद्धले एकातिर पेट्रोलियमको भाउ महँगिएर लागत चुलिएको छ भने अर्कोतिर डलरको भाउ उकासिएर आयात ब्यापार पनि महँगो भएको छ। त्यसमाथि ब्याज वृद्धिले आन्तरिक उत्पादनको लागत थप वृद्धि हुन थालेको थियो।

चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि बैंकर्स संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो। यसको अर्थ फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत हुने छ। संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन् भने रेमिटेन्स पठाउनेले १२.०३ प्रतिशत ब्याज पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय