२०८१ चैत्र २ शनिबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को सात महिनासम्म ३१ अर्बभन्दा बढी विदेशी लगानीका एक सय ३६ उद्योग दर्ता भएका छन् । सो अवधिमा ३१ अर्ब २० करोड १७ लाख रुपैयाँ विदेशी लगानीका उद्योग दर्ता भएका हुन् ।

जसबाट आठ हजार चार सय ४५ जनाले रोजगारी पाउने उद्योग विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ । दर्ता भएका उक्त उद्योगमध्ये एक सय १९ उद्योग काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका छन् । चालु आवको पहिलो महिनामा विदेशी लगानीका ३४ उद्योगहरू दर्ता भएका थिए, जसमध्ये ३१ उद्योग काठमाडौं उपत्यकामै रहेका छन् ।

उल्लेखित उद्योगमा पाँच अर्ब ३८ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी रहेको छ । चालु आवको भदौमा सर्वाधिक विदेशी लगानीका ४० उद्योग दर्ता भएका छन् । जसको लगानी छ अर्ब ३२ करोड तीन लाख रुपैयाँ रहेको छ भने काठमाडौं उपत्यकामा ३६ उद्योग दर्ता भएका छन् । असोजमा विदेशी लगानीका ३४ उद्योग दर्ता भएका छन् । जसको लगानी १२ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कात्तिकमा उपत्यकालगायत कास्कीमा समेत गरी ९८ करोड रुपैयाँ विदेशी लगानीका छ वटा, मंसिरमा पाँच अर्ब १५ करोड रुपैयाँ विदेशी लगानीका पाँचवटा, पुसमा ६१ करोड २० लाख रुपैयाँ विदेशी लगानीका छवटा र माघमा ५३ करोड ९५ लाख रुपैयाँ विदेशी लगानीका छवटा उद्योग दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय