२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च पुगेको छ । फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो । रुस पेट्रोलियम पदार्थ उत्पादनमा विश्वभरमा तेस्रो नम्बरमा पर्छ । तसर्थ रुस–युक्रेन युद्धले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढाइरहेको छ ।

युद्ध सुरु भएको दिन तेलको मूल्य प्रतिब्यारल १०५ डलर भएको थियो भने युद्धमा पूर्णविराम नलाग्दा युद्धको सातौँ दिनमा आइपुग्दा कच्चा तेलको मूल्य प्रति ब्यारल ११० पुगेको छ । यो मूल्य सन् २०१३ सेप्टेम्बर यताकै उच्च रहेको छ ।

बुधबार बे्रन्ट क्रुडले ११०.२३ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य सन् २०१४ जुलाई महिना यता कै उच्च हो । त्यसैगरी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)ले १०८.४१ डलर प्रति ब्यारलमा कारोबार गरेको छ ।

जुन सन् २०१३ सेप्टेम्बर महिना यताकै उच्च हो ।यसैबीच वेस्टप्यागका अर्थशास्त्री जस्टिन स्मीर्कले व्यापारमा आएका अवरोधहरुले बल्ल मानिसको ध्यान खिच्न सफल भएको बताए ।

विश्वभर आपूर्ति हुने कच्चा तेलको ८ प्रतिशत तेल रुसबाट हुन्छ । दुई देशबीचको युद्धले कच्चा तेल लगायतका प्राकृतिक ग्यासको आपूर्तिमा अवरोध बढाउदै गएपछि तेल क्रेताहरुले वैकल्पिक बाटो अपनाउन खोजिरहेका छन् ।

रुसलाई युक्रेनमा थप आक्रामण गर्नबाट रोक्न युरोप, अमेरिका, बेलायत, क्यान्डा, जापान लगायत देशहरुले विभिन्न प्रतिबन्धहरु लगाएका छन् । आर्थिक, साइबर, हवाइ–उडान जस्ता क्षेत्रमा कडा प्रतिबन्ध लगाएता पनि कच्चा तेलको आपूर्ति रोक्ने गरी कुनै पनि देशले प्रत्यक्ष रुपमा प्रतिबन्ध लगाएका छैनन् ।

कच्चा तेल लगायतका पेट्रोलियम पदार्थको आपूर्तिमा समस्यन देखिएपछि तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को आज बैठक हुँदै छ । जनवरीमा बसेको बैठक अनुसार ओपेकले दैनिक आपूर्तिमा ४ लाख ब्यारल बढाउने घोषणा गरेको थियो ।

अमेरिकाको न्यूयोर्क स्थित एक व्यापारीका अनुसार मानिसहरुले रुसबाट आएको कच्चा तेललाई प्रयोग गरेका छैनन् । युद्ध सुरु हुनु अगावै ल्याइएको कच्चा तेलको प्रयोग भइरहेको बताएका छन् ।

बजारमा तेलको मूल्यमा कडाइ आएसँगै पछिल्लोे तथ्याङ्क अनुसार अमेरिकी पेट्रोलियम उद्योगको कच्चा तेल सञ्चितिबाट ६० लाख ब्यारल रिलिज गरेको छ ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै निगमले भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको हो।

मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको अनुमान गरेको छ। निगमले चालु आर्थिक वर्षमा २८ अर्ब नोक्सानी ब्यहोरी सकेको समेत जनाएको छ। यसअघि मूल्यवृद्धि गर्नुअघि पनि निगमले सूचना जारी गर्दै आफूहरु घाटामा रहेको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय