२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा वितरण गरेको छ । राष्ट्र बैंकले ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने पुनर्कर्जा १३ अर्ब ६४ करोड र बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान गरेर ऋणीले प्राप्त गर्ने पुनर्कर्जा ९२ अर्ब ४६ करोड गरी कुल १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको हो ।

कुल ४४ बैंक तथा वित्तीय संस्थाका २९६० शाखा कार्यालयका २४ हजार २६८ ऋणीले उक्त पुनर्कर्जा प्राप्त गरेको केन्द्रीय बैंकले जनाएको छ । ग्राहक मूल्यांकनका आधारमा प्रदान भएको पुनर्कर्जामध्ये विशेषतर्फ १३ बैंकका २० जना ऋणीले ३ अर्ब ५० करोड प्राप्त गरेका छन् ।

यस्तै साधारणतर्फ २९ बैंकको ८३ जना ऋणीले १० अर्ब १४ करोड प्राप्त गरेका हुन् । ग्राहक ऋणीलाई प्रदान भएको पुनर्कर्जा मध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७ अर्ब १२ करोड १८ लाख प्रवाह भएको छ ।

जुन ५२.२३ प्रतिशत हो । गण्डकी प्रदेशमा २ अर्ब ४८ करोड ३६ लाख अर्थात १८.२१ प्रतिशत, लुम्बिनी प्रदेशमा १ अर्ब ७७ करोड ५९ लाख अर्थात १३.०२ प्रतिशत गएको छ ।

प्रदेश १ मा १ अर्ब ६६ करोड ४३ लाख अर्थात १२.२० प्रतिशत, मधेस प्रदेशमा ४९ करोड २६ लाख अर्थात ३.६१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९ करोड ८४ लाख अर्थात ०.७२ प्रतिशत मात्रै पुर्नकर्जा गएको छ । यता, कर्णाली प्रदेशमा भने ग्राहक ऋणी अनुसार स्वीकृत भएको पुनर्कर्जा लिने ऋणी नभएको देखिएको छ ।

ग्राहक ऋणी अनुसार स्वीकृत भएको कुल पुनर्कर्जा मध्ये पर्यटन क्षेत्रमा ४९.९७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रले ६ अर्ब ८१ करोड ३५ लाख पुनर्कर्जा प्राप्त गरेका हुन् । जलविद्युत् क्षेत्रमा ३ अर्ब २४ करोड अर्थात २३.७६ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा १ अर्ब २० करोड २९ लाख अर्थात ८.८२ प्रतिशत पुनकर्जा स्वीकृत भएको छ ।

शिक्षा क्षेत्रमा ८५ करोड ४९ लाख, अस्पतामा ६८ करोड ७० लाख, निर्माण व्यवसायमा ३३ करोड ७५ लाख, खाद्य उत्पादनमा २० करोड, यातायातमा १५ करोड २२ लाख, व्यापारमा ९ करोड ३२ लाख र कपडामा ५ करोड ४७ लाख पुनर्कर्जा स्वीकृत भएको छ ।

एकमुष्टतर्फ स्वीकृत भएको पुनर्कर्जामध्ये लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा ९ हजार ४८६ ऋणीले ८ अर्ब १० करोड प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । विशेष पुनर्कर्जा १ हजार ६८७ ऋणीले ८ अर्ब ७९ करोड र साधारण पुनर्कर्जा १२ हजार ९९२ ऋणीले ७५ अर्ब ५९८ करोड प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय