
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुरठिमी न.पा. वडा नं. १, लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणसम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ ।
बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख बसन्त बक्शी, काठमाडौं उपक्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरु तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतम तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट पार्क निर्माणको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कमा आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।