२०८१ मंसिर २४ सोमबार

काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्विक कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ) को १३औँ राष्ट्रिय महाधिवेशनबाट सुमनप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

२३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हिमालकुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निर्मा राई चयन हुनुभएको छ ।

सदस्यमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रहृमदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फुर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामाङ, हितमान भुजेल हुनुुहुन्छ ।

अधिवेशनले अमर तामाङलाई प्रतिनिधि परिषद् प्रमुख र छिरिङ शेर्पालाई प्रतिनिधि परिषद् उपप्रमुख चयन गरेको युनिट्राभले जनाएको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय