२०८१ पुष २९ सोमबार

काठमाडौ । गोर्खा इको प्यानलले भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलका प्रतिस्पर्धीहरुलाई हौसला प्रदान गर्न उपहार प्रदान गर्दै आएको छ । फागुन ६ देखि भइरहेको प्रत्येक प्रतियोगितामा प्रतिस्पर्धी टिमका क्याप्टेनलाई फष्ट एड किड प्रदान गर्दै आइरहेको हो ।

प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुन सफल एकजनालाई कफी मग र कप प्रदान गर्दै आएको छ । साथसाथै खेलाडीहरुलाई पनि गोर्खा इको प्यानलले कफी मग कप वितरण गर्दै आएको छ । प्रत्येक पटक प्रतियोगिता समापनपछि यो वितरण गर्दै आएको हो ।

प्रतियोगिता समापनसँंगै प्रत्येक खेलमा म्यान अफ दी म्याच अनि उदयीमान खेलाडी घोषित गरिन्छ । प्रतियोगिता अवधिभर यो प्रोत्साहन जारी रहने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुरेश कवांले बताएका छन ।

प्रतियोगिता फागुन १४ सम्म चल्ने पनि विज्ञप्तिमा उल्लेख छ । गोर्खा इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री वा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर