२०८२ कार्तिक ७ शुक्रबार

काठमाडौं । राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थानले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनी, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतको उपस्थिति थियो ।

बीमा व्यवसायको आवश्यकता र महत्वलाई जनमानसमा स्थापित गराउन, वित्तीय स्रोतको परिचालनको माध्यमबाट अर्थतन्त्र सुदृढीकरण गर्न, बीमा सचेतना बढाउन र बीमाको पहुँच बृद्धिमा संस्थानले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यस अभियानमा सहयोग पुर्याउने नेपाल सरकार, बीमा समिति, शेयरधनीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, संस्थागत तथा व्यक्तिगत बीमित, अभिकर्ता, पूनर्बीमक लगायत सबै सरोकारवाल र शुभचिन्तकहरुमा संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्रालयका अर्थ सचिव मधुकुमार मरासिनीले संस्थानमा १५ वर्ष अगाडी जुन किसिमको समस्या थियो आज पनि त्यहि रहेको भन्दै दुखेसो पोखे ।

संस्थानले आगामी दिनमा सूचना प्रविधिमा जोड दिदै अझ भरपर्दो, स्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थाले ६ जना कर्मचारीलाई १५ हजार रुपैयाँ नगद सहित जम्मा गरेको छ । त्यस्तै सबैभन्दा धेरै व्यवसाय भित्र्याउने १० अभिकर्ताको पनि सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर