२०८३ बैशाख ६ आईतवार

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई ललितपुरको बि.एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र वि एण्ड वि अस्पतालबीच भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

बि.एण्ड बि.हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौतापत्रमा बि.एण्ड बि.हस्पिटलका तर्फबाट प्रा.डा.अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा हस्पिटलका संचालक प्रा. डा.अशोककुमार बाँस्कोटाले बि.एण्ड बि. हस्पिटलले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफू धेरै नै खुशी भएको धारणा व्यक्त गरे ।

त्यसैगरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बि.एण्ड बि. हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटलप्रति आभारसमेत व्यक्त गरे ।

साथै उनले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वाससमेत ब्यक्त गरे । उक्त कार्यक्रममा नेपाल बैंक लि.का बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल, बि.एण्ड बि.हस्पिटलका तर्फबाट डा.रिना श्रेष्ठ(बैद्य), डा.सरोज बैद्य, डा.बिवेक बाँस्कोटा, चेतना बाँस्कोटा, प्रविण बराल, विवेक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर