२०८२ असार १ आईतवार

काठमाडौं । कोभिड संक्रमण बढेसँगै सन् २०२० बाट प्रभावित भएको अन्तर्राष्ट्रिय उडान पुनः पुरानै लयमा फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरण अनुसार कोभिड संक्रमण कम भएसँगै गत वर्षको जनवरीको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको संख्या दोब्बर भएको छ।

यो वर्ष जनवरीमा अन्तर्राष्ट्रिय उडानमा दुई लाखभन्दा बढी यात्रुले सेवा लिएका छन्। कुल १ हजार ६ सय ६२ वटा उडान-अवतरणमार्फत ८६ हजार ५ सय २० यात्रु नेपाल भित्रिएका छन् भने १ लाख १८ हजार ६ सय ७८ बाहिरिएका छन्।

गत वर्षको जनवरीमा अन्तर्राष्ट्रिय उडानमार्फत ९६ हजार ८ सय ४० यात्रुले सेवा लिएका थिए। यो समय कुल ८ सय ८० वटा उडान अवतरणमार्फत ५२ हजार यात्रु भित्रिएको र ४४ हजार यात्रु बाहिरिएको विमानस्थल कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय