२०८२ असार १ आईतवार

काठमाडौं । गत माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो । यस्तै कर्जा लगानी भने बढेको छ ।

बैंकर्स संघको तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी भने गत पुसको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँले बढेको छ । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय