
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सरोकारवालाहरुसँग सुझाव लिएर आगामी कार्यदिशाका बारेमा प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ।
नियमन तथा सुपरिवेक्षण विभागका साथै विदेशी विनियम र लघुवित्त सुपरिवेक्षण विभागबाट पनि समीक्षामार्फत समेटिनु पर्ने विषयहरु गइसकेका छन्।
भोलि/पर्सितिर नै गभर्नर अध्यक्ष रहेको व्यवस्थापन समितिको बैठकले समीक्षा सक्ने छ। सकभर त्यसै दिन नभए अर्कोदिन राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर समीक्षा पारित गर्ने छ। त्यही दिन गभर्नरले समीक्षा सार्वजनिक गर्ने छन्।
‘बढीमा शुक्रबार पुग्ला,’ एक अधिकारीले जानकारी दिए, ‘अहिलेसम्म भएको नीति परिवर्तन गर्ने खालको ठूलो केही पनि भएको छैन। घरजग्गामा अलिकति सचेत हुनु पर्छ भन्ने छ।’